काठमाडौं, ३१ जेठ। नेपालमा थप २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टा २७३ जनामा कोरोना संक्रमण देखिएको बताएका हुन्।
उनले कोरोना संक्रमण देखिने २४७ पुरुष र ३६ महिलामा कोरोना संक्रमण देखिएको बताए। मन्त्रालयका अनुसार नेपालमा कोरोनाकै कारण १६ जनाको मृत्यु भइसकेको छ। कोरोना जित्नेको संख्या भने ९१३ पुगेको छ। शनिबार मात्र २६ जना डिस्चार्ज भएका छन्।
४ हजार ९ सय ४९ जना पुरुषमा संक्रमण देखिएको छ । ३ सय ८६ महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका जिल्लाको संख्या ७२ पुगेको छ ।



लोकपाटी न्यूज

