अस्मिना पाण्डे/ बुटवल, ३१ जेठ। महिलाहरुमात्र आवद्ध इनरव्हिल क्लव अफ रुपन्देहीको वर्ष २०२०/२०२१ का लागि उमा अर्याल चयन भएकी छन्। बन्दाबन्दीको समयमा अनलाइनमार्फत् बसेको बैठकले सर्वसम्मत तेह्र सदस्यीय नयाँ कार्य समिती चयन गरीएको आई पिपि मञ्जु आचार्यले जानकारी दिइन्।
जसको उपाध्यक्ष गीता शर्मा, सचिव सीमा वन, कोषाध्यक्षमा माधुरी ज्ञवाली, आइएसओमा रिता लामिछाने, इडिटर अनिता तिवारी, कार्यसमिति सदस्यमा दुर्गा आचार्य, पुष्पा शर्मा जानुका शर्मा, सन्ध्या अधिकारी र मल्लिका घिमिरे तथा सल्लाहकारमा हेमा न्यौपाने रहेका छन्।
संस्थापक अध्यक्ष इना उपाध्यायलगायत क्लबका सदस्यहरू कला राना, कल्पना भुषाल, मिरा सूर्यवंशी, सम्झना श्रेष्ठ, मञ्जु नेपाल, बिसन पोख्रेल, शावित्री खत्री, कमला पाण्डे पुष्पा भुसाल, दुर्गा अधिकारी पंगेनी,कमला पाण्डे, कल्पना पाण्डे मगर, बिमला अधिकारी, लक्ष्मी काफ्ले, दिल कुमारी भट्टराई ,संगिता ज्ञवाली, सन्ध्या घिमिरे रहेका थिए।
क्लबका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिँदै थप कार्यक्रमको रुपमा कोभिड-१९मा केन्द्रित रहेर शिक्षा, स्वस्थ्य लगाएत महिला र बालबालिका लक्षित कार्यक्रमहरु विशेष रुपमा सञ्चालन गर्ने निर्वाचित अध्यक्ष अर्यालले बताइन्।साथै क्लव सञ्चालनका लागि आवश्यक अन्य कमिटी बन्दाबन्दी पछि गठन गर्न गरिने निर्वाचित अध्यक्षले जानकारी दिइन्।




लोकपाटी न्यूज
