काठमाडौं, ३२ जेठ। सरकारले संसदमा दर्ता गराएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ शनिबार पारित गर्ने कार्यक्रम रहेको छ। शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकले सो विधेयक पारित गर्न लागेको हो।
हालै सरकारले अद्यावधिक गरेको मुलुकको राजनीतिक तथा प्रशासनिक नक्साअनुसार निशास छाप परिवर्तनका लागि सो विधेयक संसदमा पेश गरिएको हो। उक्त विधेयक पारित गर्ने संसदमा कार्यसूची तय भएको छ।
संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
छलफलपछि कानूनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। सो विधेयकविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी छन्।



लोकपाटी न्यूज

