वीरगञ्ज, ३१ जेठ । वीरगञ्जमा मृत्यु भएका २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बारा निजगढका ५ वर्षीय बालक र वीरगञ्जको घण्टाघरमा मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
निमोनियाबाट सिकिस्त बालकको आरडीटी पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि स्वाब लिइएको थियो। यसैगरी यसअघि वीरगञ्जको नेशनल मेडिकल कजेलमा मृत्यु भएका बारा जिल्लाका एक वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको थियो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । शनिबार वीरगञ्जका विभिन्न क्वारेन्टाइनमा बसेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



लोकपाटी न्यूज

