भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो

लोकपाटी न्यूज

काठमाडौं, ३० जेठः भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ। यो समाचार तयार गर्दासम्म त्यहाँ संक्रमितको संख्या ३ लाख ०१ हजार ५७९ पुगेको छ। यसअघि लामो समयदेखि सक्रिय संक्रमितको सुचीमा भारत चौथो स्थानमा रहेको छ।

भारत स्पेन र बेलायतसम्मलाई उछिनेर कुल संक्रमित संख्यामा पनि चौथो स्थानमा उक्लिएको हो। भारतभन्दा धेरै संक्रमित संख्या अमेरिका, बेलायत र रुसमा मात्रै छ ।भारतमा मृतकको संख्या पनि लगातार बढ्दो छ । यहाँ ८ हजार ५ सय १ जनाले ज्यान गुमाइकेका छन् ।

एशियामा ईरानपछि सर्वाधिक धेरै जनाको मृत्यु भारतमै भएको हो । ईरानमा ८ हजार ६ सय ६९ जनाको मृत्यु भइसकेको छ ।भारतमा पछिल्लो समय लकडाउन केही खुकुलो गरिएको छ। तर, यसको असर स्वरुप संक्रमितको संख्या पनि दैनिक बढ्दैछ । अहिले दैनिक ११ हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन्।