रौतहट, ३० जेठ: कोरोना भाइरस सङक्रमणको बेला जिम्मेवारीपूर्ण कार्यसम्पादन नगरेको भन्दै रौतहटको मौलापुर नगरपालिकाले मेडिकल अधिकृतलाई बर्खास्त गरेको छ। मौलापुर नगरपालिकाको पतौरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा। हरिशंकर प्रसादलाई सेवाबाट बर्खास्त गरेको हो।
कोरोना सङक्रमण बढी रहेका बेला नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बसेकालाई चेकजाँच गर्न कुनै चासो नदिएको र नगरपालिकामा स्वास्थ्यको अवस्था कमजोर बन्दै जाँदा पनि काम गर्न नसकेका कारण उनलाई सेवाबाट हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताए ।
प्रशासकीय अधिकृत साहका अनुसार उनको करार अवधि असार मसान्तमा सकिँदै थियो । तीन महिनाअघि मात्रै उनलाई मेडिकल अधिकृतको रुपमा नगरपालिकाले करारमा नियुक्ति गरेको उनले बताए । रौतहटमा पाँच सय ३१ जनामा कोरोना सङक्रमण पुष्टि भइसकेको छ भने एक सय दुइ जना निको भएर घर फर्किएका छन् ।



लोकपाटी न्यूज

