सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप, एकको मृत्यु

sima-apf-news
फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौं, ३० जेठ। नेपाल भारत सीमामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ। सर्लाहीको नेपाल भारत सीमामा भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा झडप भएको हो।

त्यस क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। गोली लागेर मृत्यु हुनेको परिचय खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ। घटनामा तीन जना सशस्त्र प्रहरी र भारतीय पक्षका दुई जना घाइते भएका छन्।

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए।विवादका त्यसक्रममा १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्