अस्मिना पाण्डे/ बुटवल, ३० जेठ। बुटवल लेडी जेसीजको आयोजनामा बुटवल उपमहानगरपालिका स्तरीय अन्तर मा. वि कविता प्रतियोगिता सम्पन्न भएको छ। बन्दाबन्दीको समयमा साहित्यमार्फत् देशप्रति समर्पित ‘मेरो देश म आफै बनाउछु’ शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको हो।
कविता प्रतियोगितामा बुटवल उपमहानगर भित्रका १६ विद्यालयका १६ जना विद्यार्थी सहभागी भएका थिए।प्रतियोगीतामा न्यू होराइजन स्कूलका प्रवेश आचार्य प्रथम , अक्सफोर्ड स्कूलका गरिमा उपाध्याय द्धितिय, दिप बोर्डिङ स्कूलका घनश्याम घिमिरे तृतीय हुन सफल भएका छन्। भने प्रोत्साहन बिजेता कालिका स्कूलका बबिता भट्टराई र उजिरसिङ स्कुलका रक्षा नेपाली छनोट भएका छन्। प्रतियोगितामा विजेताले क्रमशः प्रथम २०००,१५००,१०००,र ५००,५०० को साथमा कदर पत्र प्राप्त गर्ने कविता प्रतियोगिता संयोजक जेसी संगीता ढकालले जानकारी दिइन्।
प्रतियोगिता कार्यक्रमका प्रमूख अतिथि प्रा.डा. देवी नेपालले बोल्दै कार्यक्रम ऐतिहासिक भएको र भर्चुअल अनलाइन कार्यक्रम भएकोले देश तथा विदेशबाट समेत यो कार्यक्रम अवलोकन गर्न मिल्ने भएकाले प्रभावकारी भएको बताए।उनले जेसीआई बुटवल लेडीले बन्दाबन्दी नयाँ अवधारणा सहितको काम गरेको भन्दै सह्रानिय भएको बताएका थिए।कार्यक्रममा विशिष्ट अतिथि प्रा. डा हिरण्यलाल ज्ञवाली निर्णायक संयोजक) कविराज पौडेल निर्णायक ,सदस्य बलराम दाहाल निर्णायक सदस्य सरिता श्रीस रहेको क्लबका अध्यक्ष कल्पना पाण्डेले बताइन्।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर, मेरो देश म आफै बनाउँछु राष्ट्रिय अभियानका राष्ट्रिय संयोजक श्यामसुन्दर पौडेल, कपन जेसीजका अध्यक्ष जेसी रुपेश भट्टराई, शुद्धोदन जेसीजका अध्यक्ष जेसी चुडामणी डुम्रे ,बुटवल लेडी जेसीजका पूर्व अध्यक्षहरु उर्मिला श्रेष्ठ ज्ञानधरा पन्त, रुपा पाण्डे, आस्था पाठ उपाध्यक्ष जेसी वेदना पाण्डे कार्यक्रम संयोजक का. का उपाध्यक्ष जेसी संगीता ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए थियो। बन्दाबन्दीको समय सदुपयोग पनि हुने बालबालिकाहरुमा रचनात्मक क्षमताको विकास हुने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको महासचिव जेसी अनुपमा श्रेष्ठले बताइन्।



लोकपाटी न्यूज

