भारतमा एकैदिन कोरोनाबाट ३९४ को मृत्यु

लोकपाटी न्यूज

काठमाडौं, ३० जेठः भारतमा बिहीवार मात्रै ११ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् भने ३९४ जनाको मृत्यु भएको छ। यो संख्या भारतमा एकैदिन मृत्यु भएकाको अहिसम्मकै धेरै संख्या हो। भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ५०१ जनाको मृत्यु भईसकेको छ भने २ लाख ९८ हजार २८३ जनालाई संक्रमण भएको छ।

त्यहाँ १ लाख ४६ हजार ९७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।