पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी एक वर्ष कैद ४० हजार रुपियाँ जरिवाना बुझाएर कारागार मुक्त

लोकपाटी न्यूज

काठमाडौं, ३० जेठः पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी कारागार मुक्त भएका छन्। शान्ति मिसनमा सुडान जाने प्रहरीको बन्दोबस्ती सामान खरिद भ्रष्टाचार मुद्दामा एक वर्ष कैद सजाय भुक्तान गरी उनी बिहीबार जेलमुक्त भएका हुन्।

उनी डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्। एक वर्ष कैद ४० हजार रुपियाँ जरिवाना बुझाएर उनी जेलमुक्त भएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ।

सर्वोच्च अदालतले यूएन शान्तिमिसन अन्तर्गत सुडानका लागि बन्दोब‚ती सामग्री खरिदमा भएको भ्रष्टाचार मुद्दामा पूर्वमहानिरीक्षकत्रय ओमविक्रम राणा, हेमबहादुर गुरुङ र ठकुरीसहित उच्च प्रहरी अधिकारीमाथि काराबास सजायको फैसला सुनाएको थियो।

सो फैसला कार्यान्वयनका लागि पूर्वमहानिरीक्षक चन्दले २०७६ साल असारमा अदालत समक्ष आत्मसमर्पण गरेका थिए। सोही मुद्दाका प्रतिवादी राणा र गुरुङले यसअघि नै जेल सजाय कटाइसकेका छन्। गोरखापत्र दैनिकमा खबर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्