दाङ्गमा थप ८ कोरोना संक्रमित भेटिए

dang
लोकपाटी न्यूज

दाङ, २९ जेठः दाङमा आज थप आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा राप्ती गाउँपालिकामा ६,घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा एकरएक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

राप्ती गाउँपालिका वडा नम्बर १ को नवप्रभात आधारभूत विद्यालयको क्वरेण्टीनमा बसेका २२, २७, ३२ र १२ वर्षीय पुरुष, ३० र १८ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै घोराही उपमहानगरपालिका १४ को सुभप्रभात माविको क्वरेण्टीनमा बसेका ४३ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका १७ को सेन्टर माविमा बसेका २८ वर्षीय पुरुषमा कोरोना सक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

योसँगै दाङका ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दाङमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये अहिलेसम्म ३२ जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्