एकैदिन १ सय ८७ जनाले जिते कोरोनालाई

लोकपाटी न्यूज

काठमाडौँ,२९ जेठः कोभिड–१९ को सङ्क्रमण आज थप २५० जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज २३० पुरुष र २० महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो।

थप सङ्क्रमितसँगै अब नयाँ सङ्क्रमतिको सङ्ख्या चार हजार ६१४ पुगेको छ। जसमा पुरुषको सङ्ख्या चार हजार २८५ छ भने महिलाको सङ्ख्या ३२९ छ। सङ्क्रमितको प्रादेशिक विवरणअनुसार प्रदेश नं १ मा १३ जिल्लाका ३०७, प्रदेश नं २ मा आठ जिल्लाका एक हजार ६७१, बाग्मती प्रदेशका १२ जिल्लाका १४७ र गण्डकी प्रदेशका नौ जिल्लाका १४७ जनामा कोरोना देखिएको छ।

त्यस्तै प्रदेश नं ५ का १२ जिल्लाका एक हजार ३९९, कर्णाली प्रदेशका नौ जिल्लाका ७५९ र सुदूरपश्चिम प्रदेशका नौ जिल्ला गरी १९२ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता गौतमका अनुसार गत २४ घण्टामा १८७ जना डिस्चार्ज हुनुभएको छ । त्यसमध्ये आठ महिला र १८९ पुरुष हुनुहुन्छ। यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ। त्यस्तै मृत्यु हुनेको सङ्ख्या १५ जना छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्