लकडाउन यथावत् रहेको छ : एसएसपी ढकाल

Bhimprasad dhakal
लोकपाटी न्यूज

काठमाडौं, २९ जेठ। महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले सरकारको आधिकारिक निर्णय सार्वजनिक नभएकाले लकडाउन यथावत् रहेको बताएका बताएका छन्।

सरकारले आजदेखि निजी सवारीसाधनलाई जोर-बिजोर प्रणाली चल्न दिने निर्णय गरेको सञ्चारमाध्यममा खबर आएपछि लकडाउन यथावत् रहेको महानगरीय ट्राफिक महाशाखाका एसएसपी ढकालले बताए।

चैत ११ देखिको लकडाउनका कारण जनजीवन प्रभावित भएको भन्दै सरकार लकडाउन खुकुलो बनाउने निष्कर्षमा पुगेको हो। सरकारले आज दिउँसो मात्रै हिजो साँझको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्