काठमाडौं, २८ जेठः चिनियाँ अनुसन्धानकर्ताद्वारा बनाइएको कोभिड–१९ विरुद्धको सम्भावित भ्याक्सिन बाँदरमा परीक्षण गर्दा उत्साहजनक नतिजा देखिएको छ, यसले एन्टिबडिज उत्पादन गरेको छ भने सुरक्षाको कुनै खतरा देखाएको छैन। अनुसन्धानकर्ताहरुले १ हजारभन्दा धेरैलाई सहभागी गराएर मानिसमा परीक्षण गर्ने काम प्रक्रियामै रहेको जानकारी दिएका छन्।
बिबिआईबिपी–कोर भी नामक यस भ्याक्सिन निर्माताले त्यस्तो उच्च तहको न्युट्रालाइसिङ एन्टिबडिज उत्पादनका लागि सहयोग गर्यो, जसले बाँदर, मुसा, सुँगुर, खरायोलगायतको सेल्समा संक्रमण गर्नबाट भाइरसलाई रोक्न सक्छ। ‘यस नतिजाले क्लिनिकल ट्रायलका दौरान बिबिआईबिपी– कोर भीको थप मूल्याङ्कनका लागि सहयोग गर्नेछ,’ अनुसन्धानकर्ताहरुले प्रतिवेदनमा भनेका छन्।
चीनको राष्ट्रिय फर्माक्युटिकल ग्रुप ढसिनोफार्म)मा आबद्ध बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्टस्ले बिबिआईबिपी– कोर भी विकास गरेको हो। चीनले मानिसमा परीक्षण गर्न लागेका पाँच सम्भावित भ्याक्सिनमध्ये यो एक हो।



लोकपाटी न्यूज

