विवादमा ल्याउन खोजिएको भन्दै नेपाली सेनाको आपत्ती

nepali sena
लोकपाटी न्यूज

काठमाडौं, २८ जेठः कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारद्वारा–सरकार (जीटुजी) प्रकृयामार्फत खरिद गरिएका स्वास्थ्य सामग्री तथा उपकरणहरु सम्बन्धमा नेपाली सेनालाई विवादमा ल्याउने खालका समाचार विभिन्न संचारमाध्यमहरुमा प्रकाशित भएको भन्दै नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।

बुधबार नेपाली सेनाले एक विज्ञप्ती जारी गर्दै नेपाली सेनाबाट प्रचलित प्रक्रिया र मापदण्ड बमोजिम खरिद भएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा, प्रमाण र तथ्य विना सेनालाई आक्षेप लगाउन खोजिनु अत्यन्त गम्भीर विषय भएको उल्लेख गरेको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६ चैत्र १६ गतेको कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारको निर्णयबाट सरकारद्वारा सरकार .(जीटुजी) प्रकृया बमोजिम स्वास्थ्य सामग्री र उपकरण रक्षा मन्त्रायलमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने म्याण्डेट प्राप्त भएको नेपाली सेनाले स्पष्ट पारेको छ।

सरकारले दिएको जिम्मेवारी बमोजिम तत्कालीन अन्तर्राष्ट्रिय बजार तथा स्वदेशी बजारमा स्वास्थ्य सामग्रीको चरम अभाव भएको परिस्थितिमा समेत पारदर्शिताका साथै उच्च स्तरीय मितव्ययिता अपनाउन खरिद इकाई र गुणस्तर निरीक्षण उपसमिति गठन गरेर स्वास्थ्य सामग्री खरिद कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्