संविधान संशोधन प्रस्ताव फिर्ता लिन सरिता गिरीलाई जसपाको निर्देशन

लोकपाटी न्यूज

काठमाडौं, २८ जेठः जनता समाजवादी पार्टी (जसपा) नेपालकी सांसद सरिता गिरीले दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन जसपाले निर्देशन दिएको छ। पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार विज्ञप्ति जारी गर्दै उनलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्।

विज्ञप्तीमा प्रस्ताव फिर्ता नलिए कारवाही गर्नै चेतावनी समेत दिइएको छ। गिरीले बुधबार संसदमा रहेको संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्को संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

उनको सो प्रस्तावको सामाजिक सञ्जालमा तीव्र विरोधपछि पार्टीले भने यस्तो निर्देशन दिएको हो। मंगलबार मात्रै संविधान संशोधनसम्बन्धी विषयमा सबै दलले सैद्धान्तिक सहमती जनाएका थिए। तर गिरीले भने एकल रुपमा संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्।

सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमाथिको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी छिन्। दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्ने गरी संविधान संशोधनका लागि सरकारले विधेयक प्रस्तुत गरोको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्