थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, २८ जेठ। नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत् नेपालमा थप २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३६४ पुगेको छ। डा. गौतमका अनुसार नयाँ थपिएका संक्रमित मध्ये २ सय ७५ जना पुरुष र २२ जना महिला रहेका छन्। हालसम्म ६ सय ७४ जना कोरोना संक्रमति अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय १४ वटा नमूना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट ६ हजार ७ सय २२ वटा नमूना परीक्षण भएको छ।

यस्तै नेपालमा हालसम्म पीसीआर विधिबाट १ लाख१० हजार ७ सय ४४ वटा नमूना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० जनाको कोरोना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्