नवलपरासी, २८ जेठ। बर्दघाटमा रहेको विशाल बहुउद्देश्यीय सहकारीले कृषि उत्पादन र खरीद बिक्री गर्ने भएको छ। कृषि उत्पादनको लागि बर्दघाट ९ मा रहेको ४५ कठ्ठा जमिन ५ वर्षका लागि लिजमा लिएर तरकारी खेति उत्पादनका लागि फिल्ड तयार गर्ने काम अहिले चलिरहेको विशाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विनोद खनालले बताए। खनालले भने, ‘अहिले कृषि उत्पादनमा सुरुवाद गरी यसलाई विस्तार गर्दै दुग्ध व्यवसाय र कृषि खरीद बिक्रि केन्द्रको रुपमा अगाडि बढाइने छ।
हरेक शेयर सदस्यले आफ्नो घरमा गरेका उत्पादनहरुलाई बजारसम्म पुर्याउने काम सहकारीमार्फत् गर्ने र शेयर सदस्यहरुलाई कृषि उत्पादन र बजारीकरणमा जोड्ने रणनीतिका साथ अगाडि बढेका छौं।’ प्रदेश नम्बर ५ अन्तगत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र विशाल सहकारीको संयुक्त लागानीमा कृषि उत्पादन गर्ने लागीएको हो । जसको अनुमानित लागत ३५ लाख २७ हजार ३ सय २५ रहेको छ।
जसमध्य प्रदेश ५ अन्तगत रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५० प्रतिशत हुन आउने रकम अनुदान स्वरुप सहकारीलाई दिने छ। भने बाँकी ५० प्रतिशत रकम विशाल सहकारीले नै लगानी गर्ने खनालले बताए। प्रदेश सरकारसँग २०७७ बैशाख ३ गते सम्झौता भई फिल्ड तयारी गर्ने काम चलिरहेको छ।




लोकपाटी न्यूज
