रेडियो नेपालका कार्यकारी निर्देशकले दिए राजीनामा

Capture
लोकपाटी न्यूज

काठमाडौं, २८ जेठ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन्। स्वेच्छाले राजिनामा दिएको उनको राजिनामा पत्रमा उल्लेख छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा पेश गरेको उनले जानकारी दिए।

२०६९ मंसिर १९ गतेदेखि पहिलो कार्यकालको चार वर्ष पूरा गरेका कार्की पुनः २०७३ माघ ६ गतेदेखि अर्को कार्यकालका लागि पनि नियुक्त भएका थिए। उनको कार्यकाल अब सातम महिनामा सकिँदै थियो।
Suresh-Kumar-Karki-Resign

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्