प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै, सांसदले उठाएका प्रश्नको जवाफ दिने

kp oli
लोकपाटी न्यूज

काठमाडौं, २८ जेठःआजको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली उपस्थित हुने संसद सचिवालयको कार्यसूचि उल्लेख छ। ओलीले संसदले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिने बताइएको छ। प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शिर्षकमाथिको छलफलमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत विनियोजन भएका कार्यक्रमका बारेमा जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यसअघि हिजो र सोमबार पनि मन्त्रिहरुले आ आफ्ना मन्त्रालय अन्र्तगतका कार्यक्रममा उठाइएका प्रश्नको जवाफ दिएका थिए। प्रधानमन्त्रीले जवाफ दिएलगत्तै सांसदहरुबाट प्रस्तुत भएका खर्च कटौती प्रस्तावहरु निर्णयार्थ पेश हुने छन्।

यस्तै आजै विनियोजन विधेयक २०७७ का दफाहरु निर्णयार्थ पेश गर्ने तथा अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ। यसैगरी अर्थमन्त्री खतिवडाले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (चौबिसौँ संशोधन) विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्