काठमाण्डौ, २७ जेठः नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या पाँच सय ८४ पुगेको छ। पछिल्लो २४ घण्टामा ९६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। कोरोना विशेष अस्पताल जनकपुरबाट ३० जना डिस्चार्ज भएका छन्। धनुषाका ६ जना महिला र २४ जना पुरुष उपचारपछि घर फर्केको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै काठमाण्डौको बलम्बुबाट काठमाण्डौकै एक महिला डिस्चार्ज भएकी छिन्। बाँकेमा २२ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। त्यस्तै राप्ती सोनार आइसोलेशनबाट बाँकेका सात जना डिस्चार्ज भएका छन्। त्यस्तै धरानबाट झापाका २८ जना उपचारपछि निको भएका छन्। दाङमा उपचार गराइरहेका सात जना पुरुष र जिल्ला अस्पताल दैलेखबाट एक जना निको भएका छन्।



लोकपाटी न्यूज