भारतले सुगौली सन्धि नमान्ने भए, भूगोलको रक्षाका निम्ति ग्रेटर नेपालको नक्सा ल्याउनुपर्छः सांसद गंगा चौधरी

लोकपाटी न्यूज

काठमाडौं, २७ जेठः प्रतिनिधी सभाको बैठकमा मंगलबार(आज) दोस्रो संसोधन विधेयकमाथि छलफल शुरु भएको छ र सांसदहरु अहिले छलफलमा भाग लिई आफ्ना धारण राखिरहेका छन्। आफ्नो धारणा राख्ने क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद गंगा चौधरीले राष्ट्रियतामाथि प्रश्न उठाउनेलाई कारबाही हुनुपर्ने बताएकी छिन्। ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदले जब आफ्नो देशको होइन विदेशीको चिन्ता गरेको देख्दा दिगदारी लाग्छ,’ उनले भनिन्, ‘संसद यस्तो ठाँउ हो जहाँ राज्य सञ्चालन गर्ने कानुन बन्छ। त्यहाँ आफ्नो देशको होइन विदेशको चिन्ता गर्नेको बाहुल्यता भयो।’

भारतले सुगौली सन्धि नमान्ने भए नेपालले पनि मानिरहनु जरुरी नभएको तर्क गदै चौधरीले, भूगोलको रक्षाका निम्ति ग्रेटर नेपालको नक्सा ल्याउन पर्ने समेत बताइन्। यसअघि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले हिन्दीमा भाषण गर्दै भारतलाई नसोधेर नेपालले नयाँ नक्सा जारी गरेको भन्दै विरोध गरेकी थिइन्।

सांसद चौधरीले जेठ १९ गतेको संसद बैठकमा गिरीको विरोधलाई लक्षित गर्दै भारतीय चेलीको संसदमा दादागिरी चल्न थालेको भन्दै आपत्ति जनाएकी थिइन्। त्यस्तै गत २३ गतेको बैठकमा सांसद गिरीले चौधरीको विरोधलाई घृणा फैलाउने भाषण गरेको भन्दै चौधरीलाई कारबाहीको माग गरिन्। सांसद गिरीले एक टेलिभिजन अन्तर्वातामा लिम्पियाधुरालाई नेपालको भनेर आफूले स्वीकार्न नसक्ने बताएपछि दुई सांसदको सवाल जवाफ चलेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्