संसद्मा संविधान संशोधन विधेयक पेश

Shivamaya Tumbahamphe
लोकपाटी न्यूज

काठमाडौं, २७ जेठ। नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ। कानून न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले मंगलबारको बैठकमा नेपालको संविधान दोस्रो संशोधन विधेयक-२०७७ माथि विचार गरियोस भनी प्रस्ताव पेश गरेकी हुन्।

संसदमा विधेयकमाथिको सामान्य छलफल सुरु भएको हो। बैठकमा विधेयकको सैद्धान्तिक छलफल सुरु भएको हो। भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेसँगै त्यसअनुसार निसान छापभित्रको नक्सा सच्याउन सरकारले संविधान संशोधन गर्न लागेको हो।

जेठ १७ गते बसेको विपक्षी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा उभिने निर्णय गरेपछि विधेयक प्रतिनिधिसभामा पेस गरिएको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री तुम्बाहाङफेले जेठ १८ गतेको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गरेकी हुन्। त्यसलाई १८ गते नै सर्वसाधारणको जानकारीका लागि राजपत्र र गोरखापत्रमा प्रकाशन गर्न पठाइएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्