काठमाडौं, २७ जेठः लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकालको विषयमा छलफल गर्नका लागी मंगलबार ( आज ) साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बूने भएको छ। बैठक नियमित भएको तर छलफलको विषयमा आफु अनभिज्ञ रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
मन्त्रिपरिषदको अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो।अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो।
चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ। सरकारले आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ।



लोकपाटी न्यूज

