प्रगतिशील युवा क्लबको अध्यक्षमा कंडेल

pargatisil yuwa club
लोकपाटी न्यूज

कैलाली, २७ जेठ। प्रगतिशील युवा क्लब नेपालको अध्यक्षमा टंक प्रसाद कंडेल चयन भएका छन्। कंडेलको अध्यक्षतामा १० जना नयाँ कार्यसमिति चयन गरिएको हो।

क्लबको उपाध्यक्षमा नवीन शाही, सचिवमा भुवन जोशी, सह-सचिवमा अलादिन नेपाली र कोषाध्यक्षमा महेन्द्र बोहरा निर्वाचित भएका छन्।

यस्तै क्लबको सदस्यहरुमा तेज बोहरा (बुलेट),धुर्व आचार्य,श्याम बोहरा,ईन्द्र रिजाल, दिपक चौधरी, गणेश साउदलाई चयन गरिएको शंकरदेव कलेज अखिल क्रान्तिकारीका सचिव वीरेन्द्र जिसिले जानकारी दिए।

समाज परिवर्तनका लागि युवाहरूको ठूलो भूमिका हुने भएकोले आफूहरुले समिती गठन गरेको सचिव भुवन जोशीले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्