काठमाडौं, २७ जेठ। गण्डकी प्रदेशमा आज थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरुमा नवलपुरका १२ जना, म्याग्दीका १ जना र बागलुङका ११ जना रहेको गण्डकी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुका संक्रमण पुष्टि भएको हो। याोसँगै गण्डकी प्रदेशमा कोरोना क्रमितको संख्या १ सय ४४ पुगेको छ।




लोकपाटी न्यूज

