रुपन्देही सामूहिक हत्यामा मारिएका ५ जनाको पहिचान खुल्यो, अभियोगी भए बेहाेस

लोकपाटी न्यूज

काठमाडौं, २७ जेठःरुपन्देहीका ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बिहोस भएका छन्। बन्चरो प्रहार गरी ५ जनाको हत्याको अभियोगमा पक्राउ परेका सुर्खेतका झपेन्द्र सिजापती बेहोस भएका हुन। अहिले उनलाई तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको बताइएको छ।

अपराध स्थलबाट भाग्दै गरेको अबस्थामा उनलाई स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। त्यसपछि उनि बिहोस भएको प्रहरीले जानकारी दिएको छ। रुपन्देहीमा भैंसी फार्ममा मारिएका ५ जनाको पहिचान खुलेको छ, हत्या हुनेमा १७ वर्षका करण चौधरी,१७ वर्षका आशिष चौधरी, ३५ वर्षका जानकी मुसहर, ४० वर्षका माधव मुसहर र १४ वर्षका पोषराज मुसहर रहेका छन्।

उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। आरोपित सिजापतीको अवस्था सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ। हालसम्म हत्याको कारण खुल्न सकेको छैन, त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ। हालसम्म प्राप्त जानकारी अनुसार सिजापतिसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिजापति लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्