सुदुरपश्चिममा एकै दिन ३७ जना कोरोना संक्रमित

coronavirus-test-kiti
लोकपाटी न्यूज

डडेल्धुरा, २६ जेठः सुदुरपश्चिम प्रदेशमा सोमबार मात्रै ३७ जना कोरोना पोजेटिभ देखिएको छ। कोरोना प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा सोमबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कञ्चनुपरका १९ जना, दार्चुलाका १० जना, कैलालीका १ जना र डडेल्धुराका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका प्रमुख मेसु डाक्टर हेमराज पाण्डेले बताएका छन्। कञ्चनपुर जिल्लामा भिमदत्त नगरपालिकाका ५ जना, पुर्नवास नगरपालिकाका १३ जना र शुक्लाफाँटा नगरपालिकाका १ जना रहेका छन्।

यस्तै जानकी गाउँपालिका कैलालीका १ जना, दार्चुला जिल्लाका लेकम गाउपालिका १, महाकाली गाउपालिका १ र शैल्य शिखर गाउँपालिकाका ८ जना रहेका छन् भने डडेल्धुरा जिल्लाका अमरगढी नगरपालिका २ जना, परशुराम नगरपालिका जोगबुडाका ३ जना र नवदुर्गा गाउँपालिकाका २ जनागरी सुदुरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ र जसमा डडेल्धुरा जिल्लाका ७ जना रहेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं १ का १ जना र वडा नं ५ का १ जना, नवदुर्गा गाउँपालिकाको वडा नं २ का १ जना, वडा नं.४ का १ जना र परशुराम नगरपालिका अन्र्तगत वडा नं. ६ का १ जना, वडा नं. ७ का १ जना र वडा नं। १२ का १ जना रहेको डडेल्धुरा जिल्लाका लागि कोभिड १९ सम्र्पक व्यक्ति एवं भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरि प्रसाद भट्टले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्