हरेक नेपालीले गुणस्तरीय खाना पर्याप्त खानेछन्ःकृषिमन्त्री भुसाल

Ghana Shyam Bhusal
लोकपाटी न्यूज

काठमाडौं,२६ जेठ: प्रत्येक नेपालीले पर्याप्त खान पाउने उद्देश्य कृषिको हुने कृषिमन्त्री घनश्याम भुसालले बताएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत बजेट छलफलमा उनले यस्तो बताएका हुन। सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री भुसालले नेपाली जातले गुणस्तरीय र पोषिलो खानेकुरा खाने बताएका हुन्।

“हाम्रो कृषिको उद्देश्य भनेको हरेक नेपालीले पर्याप्त खानेछ। गुणस्तरीय खानेछ। पोषिलो कुरा खानेछ, ” कृषिमन्त्री भुसालले भने, ”यो नेपाली जातले अघाउजी खानेछ तीन छाक खानेछ। बच्चाबच्चीले पाँच छाक खानेछ। सबै छोराछोरीले खानेछ। फलफुल खानेछ मासु खानेछ भोकले उठ्ने छैन। निद्रा पुगेछ उठ्नेछ।”

तर यसरी आत्मनिर्भर बन्न भने देशलाई केही वर्ष लाग्ने उनको निश्कर्ष छ। त्यसपछि निर्यातको कुरासमेत गर्न सकिने भुसालले दावी गरे। उनले भने, “पाँच सात वर्ष लाग्ल। यस्तो हुन। त्यो भन्दा अघि कृषि निर्यातको कुरा नहोला। ठुलो योगदान आजै गरिहाल्दैन।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्