प्यूठानमा कोरोना संक्रमितको संख्या १२ पुग्यो

लोकपाटी न्यूज

प्यूठान, २६ जेठः प्यूठानमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ। संक्रमितको संख्या पनि बढ्न थालेको छ । सोमबार जिल्लाको प्यूठान नगरपालिका वडा नं.२ का ३ जना र वडा नं. ३ का ५ जना गरि ८ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १२ पगेको हो । सोमबार कोरोना पुष्टि हुनेहरुमा २ वर्षदेखि ३६ वर्षसम्मका व्यक्ति रहेको नगरपालिकाका स्वास्थ्य संयोजक गोविन्द घिमिरेले जानकारी दिए।

३४ जनाको पिसिआर जाँच गर्दा ८ जनामा कोरोना देखिएको उनको जानकारी दिए। त्यस्तै स्वर्गद्धारी नगरपालिका वडा नं. ४ मा १ जना, सरुमारानी गाउँ पालिकाका १ जना र माण्डवी गाउँपालिका २ स्थायी घर भइ दाङको बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २ जना गरि १२ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ। हालमा सम्म जिल्लामा ७ सय ५१ जनाको पिसिआर परिक्षण गरिएको छ भने ४ हजार १ सय ८ जनाको आरडिटी परीक्षण गरिएको छ। आरडिटी परीक्षणको नतिजा भने ५७ जनामा पोजेटिभ आएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको तथ्याँकअनुसार बैशाख २२ गते यता प्यूठान जिल्लाभर गरि ७ हजार १ सय ३१ जना भारतबाट आएका छन् भने हाल ४ हजार ८ सय जना विभिन्न पालिकाले निर्माण गरेका क्वारेन्टाइनमा बसेका छन् । पछिल्लो २४ घण्टामा १ सय १९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्