काठमाडौं, २६ जेठः नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थप २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएका छन् । उनीहरूमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट १ जना डिस्चार्ज भएका छन्।
क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५औँ दिनदेखि २०औँ दिनमा भएका छन्। यस्तै, युनिफाइड अस्पतालबाट १ जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन्। यसरी आज डिस्चार्ज हुनेसँगै अहिलेसम्म ४८८ जना डिस्चार्ज भएका छन्।
आज विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३१४ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन्। आज देखिएका सङ्क्रमितसँगै जम्मा सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ जना रहेको छ । यसमा पुरुषको सङ्ख्या ३ हजार ५०६ र महिला २५६ छन्।



लोकपाटी न्यूज