चितवनमा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि

coronavirus-test-kiti
लोकपाटी न्यूज

चितवन, २६ जेठ। चितवनमा आज एकैदिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उच्च स्रोतका अनुसार भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा आज २० जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितहरुलाई भरतपुर कोरोना अस्पताल ल्याउने तयारी भइरहेको छ। संक्रमित हुनेमा एक जना चिकित्सक समेत रहेका छन्। अझै कोरोना परीक्षण गरेका केहीको रिपोर्ट आउँन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्