कोरोना संक्रमणबाट मर्नेको संख्या ४ लाख ६ हजार भन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं, २६ जेठः विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ७० लाख ८६ हजार ३ पुगेको छ। यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३४ लाख ५९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन्।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख ७ हजार ४ सय ४९ पुगेको छ। त्यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख ६१ हजार ७ सय ८ जना निको भइसकेका छन्। त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३७ हजार ३ सय १२ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ९१ हजार ९ सय ६२ पुगेको छ। त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ८ सय ९९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार ९ सय ९८ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्