बेइजिङ, २५ जेठः चीनले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड–१९ विरुद्धको खोपको परीक्षणमा अन्तरराष्ट्रिय समन्वय बलियो बनाउने भएको छ। आइतवार त्यहाँको विज्ञान तथा प्रविधिमन्त्री वाङ चिङाङले यस्तो बताएका हुन्। चीनले कोभिड–१९ विरोधी खोपको विकासको प्रयास बढाइरहेको छ। त्यहाँका अनुसन्धाताहरुले मानवमा पाँच ओटा छुट्टाछुट्टै क्लिनिकल परीक्षण गरेका छन्।
यीमध्ये आधा परीक्षण विश्वव्यापी भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संकलन गरेर राखेको तथ्यांकले देखाएको छ। चीनले बनाएको खोप विश्वको सार्वजनिक वस्तु हुने र विकाशोन्मुख देशहरुमा खोपको सुलभता र पहँच सुनिश्चत गर्न यो चीनको योगदान हुन गत महीना डब्ल्यूएचओको विश्व स्वास्थ्य महासभामा चिनियाँ राष्ट्रपति सि चिनफिङले बताएका थिए।
कोरोना भाइरसलाई जित्ने चीनको प्रयासमा खोप विकास मुलभूत रणनीति भएको पेचिङमा आयोजित पत्रकार सम्मेलनमा वाङले बताएका छन्। सिले गत महीना विशेषगरी विकाशोन्मुख देशहरुमा कोभिड–१९ विरुद्धको लडाईमा टेवा दिन आगामी २ वर्षभित्र २ अर्ब डलर वित्तीय सहयोग उपलब्ध गराउने वाचा गरेका थिए।



लोकपाटी न्यूज

