अर्थमन्त्रीलाई बदलौं, जनताबाट चुनिएको व्यक्तिलाई अर्थमन्त्री बनाऔं : सांसद सिंह

amreshkumar
लोकपाटी न्यूज

काठमाडौं, २५ जेठ। नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले जनताबाट चुनिएको व्यक्तिलाई अर्थमन्त्री बनाउन उनले सुझाव दिएका छन्। उनले अर्थमन्त्री डा युवराज खतिवडाको विकल्प खोज्नुपर्ने बताए।

‘अर्थमन्त्रीलाई बदलौं, जनताबाट चुनिएको व्यक्तिलाई अर्थमन्त्री बनाऔं। नेकपामा अर्थमन्त्री चलाउन जनताबाट चुनिएका सक्षम मान्छे छन्। नत्र अर्को वर्ष फेरि सेन्ट (पर्फ्युम)मा भन्सार छूट हुन्छ, र औषधिमा भन्सार लगाइदिन्छन,’ विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा सांसद सिंहले भने, ‘यो अर्थमन्त्रीका कारणले सिटामोल खान नपाएर मान्छे मर्ने अवस्था आउन दिनुहुन्न।’

उनले सरकारको बजेट प्रधानमन्त्री केपी शर्मा ओलीको विद्यावारिधीको डिग्री जस्तै नक्कली भएको टिप्पणी गरे ।
अमरेशले राष्ट्रपतिको नाममा शिक्षामा राखिएको कार्यक्रम रद्द गरेर राष्ट्रपतिलाई महारानी बन्नबाट जोगाउन अनुरोध गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्