दिल्लीको सीमाना सोमबारदेखि खुल्नेछ : केजरीवाल

kejariwal
लोकपाटी न्यूज

काठमाडौं। दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीको सीमाना सोमबारदेखि खुल्ने बताएका छन्।लकडाउनका कारण बन्द भएका दिल्लीको सीमाना सोमबारदेखि खुल्ने बताएका हुन्। सबै बन्द रहेका नाका सोमबारदेखि खुल्ने आइतबार मुख्यमन्त्री केजरीवालले बताएका हुन्।

केजरीवालले सो क्रममा दिल्लीमा रहेका अस्पतालले दिल्लीको मात्र बिरामी उपचार गर्ने पनि बताए। यस्तै दिल्लीमा रहेका मल, रेस्टुरेन्ट, धार्मिक क्षेत्र केन्द्र सरकारकै नियमअनुसार सोमबार देखि खोलिने उनले जानकारी दिए।

हरियाणा र उत्तर प्रदेशसँग जोडिएको छ। दिल्लीको अस्पतालमा भारतका ९० प्रतिशत मानिसले उपचार गर्न चाहेको तर त्यसो हुँदा कोरोनाको जोखिम बढ्ने हुनाले दिल्लीका अस्पतालले राजधानीको मात्र बिरामी उपचार गर्ने जनाइएको छ। सोमबारबाट भारतमा मल, होटल, रेस्टुरेन्ट, धार्मिकस्थल खोल्न निर्देशन दिइएको छ। इकोनोमिक टाइम्स