नेकपाले बोलायो सचिवालय बैठक

sachiwalaye meeting
लोकपाटी न्यूज

काठमाडौं, २५ जेठ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सोमबार सचिवालय समितिको बैठक बोलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भोली अपरान्ह ४ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुनेछ।

कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता संसदबाट तत्काल पास गर्ने पक्षमा छन्।

तर अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन्।