याेजना छनाेट पहुँच र नेताकाे मनाेमानीमा गरियाे : सांसद थापा

tulsi_thapa pic
लोकपाटी न्यूज

काठमाडौं, २५ जेठ। नेकपाका नेता एवं सांसद तुलसी थापाले बजेट विनियोजन पहुँचको आधारमा, ठूला नेताको आग्रहमा भएको बताएकी छन्। आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयक माथिको छलफल कार्यक्रममा संसदमा शनिबार आफ्नो धारणा राख्दै सांसद थापाले विनियोजन वजेट आवश्यकताको आधारमा,समस्या समाधानको पक्षमा नभएको बताएकी हुन्।

उद्योगको क्षेत्रमा राहात प्याकेज ल्याएपनि सार्वजनिक उद्योग,प्रतिष्ठान रुग्न भई चल्ननसकेकालाई सञ्चालनमा ल्याउन कुनै ठोस योजना नल्याएको बताइन्। कृषि क्षेत्रमा खासै उत्साहजनक र उपलब्धीमूलक बजेट विनियोजन नभएको उनले बताइन्।

सांसद थापाले भनिन,‘महामारीको संकटमा मुलुकभर कृषि भरपर्दो क्षेत्र हो। विनियोजित विधेक, उत्पादकत्व वृद्धि, रोजगारी सृजनाको क्षेत्रमा अत्यन्त न्यून देखिन्छ।’  सांसद थापाले ईन्टरनेटलाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउने विषयमा वजेटको व्यवस्थापन नगरेको बताइन्।

सांसद थापाले भनिन्,‘स्वतन्ता बिनाको समपन्नता,उत्पादन बिनाको सृमृद्धि र लोक कल्याण विनाको सामाजिक न्यायले न्यायको परिकल्पना गरिन्छ भने त्यो दन्तेकथामा आधारित मात्र हुनेछ। वर्तमान अवस्थामा मन्त्रालयले वित्तिय व्यवस्थापन, राजस्व असुली बाँडफाँड, राहात वितरण ता रोजगारी सृजनामा जति ध्यान दिनु पर्दथ्यो त्यति ध्यान दिएको देखिदैन।’

https://www.facebook.com/pravesh.mahat.50/videos/1364647340410102/

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्