अर्थमन्त्री डा.खतिवडाविरुद्ध मुद्दा हाल्ने सांसद यादवको चेतावनी

pradip yadab
लोकपाटी न्यूज

काठमाडौं, २४ जेठ। समाजवादी पार्टीका सांसद प्रदीप यादवले अर्थमन्त्री युवराज खतिवडाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने बताएका छन्। बजेटको खर्च कटौती प्रस्तावमाथि बोल्दै उनले सरकारले सरकारले संघीयता विपरित बजेट ल्याएको बताए ।

प्रदेश २ लाई २ करोड मात्र अनुदान दिने, कर्णाली १ अर्ब ४९ करोड पाउने, सुदूरपश्मिचले १ अर्ब २९ करोड अनुदान पाउने किन? भन्दै उनले प्रश्न उठाए। प्रदेश २ लाई पनि विकास चाहिने भन्दै उनले यसरी विभेद गर्न नमिल्ने बताए।प्रदेश २ लाई बजेटमा विभेद भएको भन्दै उनले अन्य प्रदेशभन्दा कम बजेट दिइएको आरोप समेत लगाए। गण्डकी र सुदुरपश्चिमभन्दा कम बजेट प्रदेश २ लाई दिइएको बताए।

संघीयता काम छैन भन्ने देखाउन यस्तो गरिएको यादवले आरोप लगाए। यसरी भएको विभेदविरुद्ध न्यायका लागि जाने उनले बताए। मानव विकास सूचकांक प्रदेशमा पछाडि रहेको र गरिबी धेरै भएको प्रदेशलाई संघले बजेट दिन नखोजेको हो कि सूत्र नमिलेको हो भनी उनले प्रश्न गरे।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमा प्रदेश २ लाई विभेद भएको उनले बताए। २ अर्ब थप गर्नुपर्ने माग उनले पेश गरे। बजेटको बाँडफाँटमा विभेद किन भन्दै उनले उत्पादन र कर उठाउने प्रदेशलाई किन विभेद गरेको भनि प्रश्न उठाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्