अर्घाखाँची, २४ जेठ। सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस कोभिड-१९ को परीक्षणमा नेगेटिभ रिर्पोट आएकालाई बधाई दिँदै प्रमाणपत्र प्रदान गरेको छ।
उक्त नगरपालिकाले प्रयोगशालामा परीक्षणको नतिजा नेगेटिभ देखिएकोलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा सु-स्वास्थ्यको कामनासहित प्रमाण-पत्र प्रदान गरेको हो।
सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालय चुलाबेसी अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेकाको कोरोना रिपोर्ट नेगेटिभ आएकालाई प्रमाण पत्र दिइएको हो।




लोकपाटी न्यूज

