बाजुरा, २४ जेठ । बाजुरा जिल्लाको खप्तड छेडदह गाउँपालिकामा क्वारेन्टाइन बसेका एक जनाको मृत्यु भएको छ।
२५ वर्षअघि भारत गएर घर फर्किंदै गरेका खप्तड छेडेदह गाउँपालिका वडा न ७ का ती व्यक्तिको शनिबार बिहान मृत्यु भएको हो।
उनी जेठ १५ गते भारतबाट आएर गाउँकै विद्यालयको क्वारेन्टाइनमा बसेका थिए। शनिबार क्वारेन्टाइन अवधि सकिएकाले घर जाने तयारी थियो। उनी बाटो लागेको घरसम्मसमेत खबर पुगेको थियो। तर घर पुग्दै उनको बिहानै मृत्यु भएको हो। उनले शुक्रबार राति बिसन्चो भएको भन्दै खाना पनि खाएका थिएनन्।
मृतकको कोरोना परीक्षण हुन बाँकी छ। अहिले उनको स्वाब संकलन गरेर धनगढी पठाउने तयारी भएको प्रमूख जिल्ला अधिकारी कृष्ण गैरेले बताएका छन्। उनीसँगै सो क्वारेन्टाइनमा ५९ जना रहेका थिए।



लोकपाटी न्यूज

