काठमाडौं, २४ जेठ। सरकारले शुक्रबारदेखि विदेशमा रहेका नेपालीको उद्धार सुरू गरेको छ। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले विदेशबाट आएका नेपालीहरुलाई विमानस्थलमै पुगेर स्वागत तथा भेटघाट गरेकी छिन्।

आफै होल्डिंग सेन्टरमा पुगेर मन्त्री मगरले विदेशबाट आएका नेपालीसँग भेटघाट तथा छलफल गरेकी हुन्। साथै मन्त्री मगरले विदेशबाट आएका नेपालीलाई आ-आफ्नो गन्तव्यमा पुर्याउन प्रशासन, सुरक्षाकर्मी तथा सम्वन्धित निकायलाई व्यवस्थापन गर्न निर्देशन समेत दिइन्।
उनले सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई सम्वन्धित जिल्लाहरूमा पुर्याउन सम्वन्धित निकायलाई समेत निर्देशन दिएकी हुन्। कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारो परेका नेपालीको शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।




लोकपाटी न्यूज

