जुम्लामा मृत्यु भएका बृद्धमा देखिएन कोरोना संक्रमण

लोकपाटी न्यूज

काठमाडौं, २३ जेठः जुम्लाको एक क्वारेन्टिनमा मृत्यु भएका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालयको क्वारेन्टिनमा मृत्यू भएका सोही वडाका ती पुरुषको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

बर्दियाबाट आएर जेठ २१ गते वडाले तयार गरेको क्वारेन्टिनमा बसेका उनको मृत्यू भएपछि कोरोना हो कि भन्ने त्रास फैलिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्