काठमाडौं, २३ जेठ: जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका विभिन्न कम्पनीका उच्च तहका कर्मचारीसहितका ९ जुवाडे धरौटीमा रिहा भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशमा एक जना ४० हजार र बाँकी ३० हजार धरौटीमा रिहा भएका हुन्।
महानगरीय प्रहरी वृत्त दरवारमार्गले सोमबार साँझ आधा दर्जनभन्दा बढी व्यवसायीहरूलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो। कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटल जुवा खेलिरहेका उनीहरू पक्राउ परेपछि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पेस गरिएको थियो।
शुक्रबार उनीहरुलाई रिहा गर्न आदेश आएको महानरीय प्रहरी परिसर काठमाडौका डिएसपी राजकुमार केसीले जानकारी दिए। उनीहरुका साथबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा नगदसमेत बरामद गरेको थियो।



लोकपाटी न्यूज
