काठमाडौं, २३ जेठ। नोभेल कोरोना भाइरसका २७८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन्।
उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताए। देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन्। जसमा महिला ६१ जना अन्य पुरुष रहेका छन्। योसहित नेपालमा संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ।



लोकपाटी न्यूज

