काठमाडौं,२२ जेठः कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ।प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न मन्त्रालयलाइ निर्देशन दिएको हो।
केही दिन पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए।कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारविना नै तरकारी नष्ट गरेकोमा व्यापक आलोचना समेत भएको थियो। संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो।



लोकपाटी न्यूज