बैंठक भत्ता पनि नलिने नारायणकाजीको घोषणा

Narayankaji shrestha
लोकपाटी न्यूज

काठमाडौं, २२ जेठ,नेकपा सचिवालय सदस्य एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले सबै क्षेत्र प्रभावित भएको भन्दै श्रेष्ठले राष्ट्रिय सभाको बैठक र सम्बन्धित समितिको बैठक भत्ता राज्यकोषमा जम्मा गर्ने निर्णय गरेका हुन्।

नेता श्रेष्ठले यसअघि एक वर्षको पारिश्रमिक कोरोना संक्रमण कोष र आर्थिक राहतकोषका लागि प्रदान गर्ने घोषणा गरेका थिए। उनले संकटको समयमा सबै मिलेर आर्थिक पुनत्थानका निम्ति एकतावद्ध हुनसमेत आह्वान गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्