काठमाडौं, २२ जेठ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ। मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटी परिवर्तनबारे निर्णय गर्नसक्ने बुझिएको छ। लकडाउनले थप समस्या सिर्जना हुन नदिन सरकार गम्भीर रहेकाले त्यसबारे निर्णय हुनेछ।
बैठकबाट सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने छ। सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ।
चैत ११ यता लगातारको लकडाउनले सर्वसाधारणको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न चौतर्फी दवाव सरकारमाथि छ ।



लोकपाटी न्यूज

