काठमाडौं, २२ जेठ। लकडाउनको अवज्ञा गर्दै काठमाडौंमा व्यापारीहरूले पसल खोलेपछि प्रहरीले बन्द गरिदिएको छ।
मैतीदेवी क्षेत्रमा बिहीबार बिहान व्यापारीले केहीबेर पसल खोलेका थिए। साढे २ महिनादेखिको लकडाउनले जनजीवन कष्टकर भएको भन्दै व्यापारीहरूले पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो।
सो क्रममा प्रहरी र ब्यापारीबीच केही बेर भनाभन भएको बताइएको छ। बिहीबार बिहानै फेन्सी पसलदेखि रेस्टुरेन्टसम्म खोलिएपछि स्वयंसेवकको सहयोगमा प्रहरीले ती सबै पसल बन्द गराएको हो।
सरकारले लकडाउनको विकल्प नखोजेकाले आजदेखि पसल खोल्ने ब्यापारीले चेतावनी दिइसकेका छन्। लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा समस्या परेको भन्दै काठमाडौंका व्यवसायीले आजदेखि बिहान ११ बजेसम्म पसल तथा व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए।



लोकपाटी न्यूज
