उपेन्द्र न्यौपाने/जुम्ला, २२ जेठ । जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले क्वारेन्टिनमा मानवता नभेटिएको बताएका छन्। उनीहरुले खान बस्नको लागि राम्रो व्यवस्था नभएको र आफूहरुलाई गर्ने व्यवहारमा मानवता नभेटिएको बताएका हुन्।
यो क्वारेन्टिनमा भारत र नेपालका विभिन्न जिल्लाबाट आएकाहरु बसेका छन्। राम्रोसँग नेकपाको भात र दाल दिने गरिएको, क्वारेन्टिनमा पाकेको खानाले स्वास्थ्य अवस्था बिग्रिएको दुखेसो गरेका छन्। क्वारेन्टिनमा हुनु पर्ने व्यवस्थापन राम्रो नभएकोले उनीहरुले घर जाने चेतावनी दिएका छन्। कोठा भित्रबाट बाहिर समेत आउन पाउँदैनौँ, क्वारेन्टिन भित्र गर्ने व्यवहार समेत राम्रो छैन, निकै अपहेलना र घृणाको नजरले हेर्ने गरिन्छ, क्वारेन्टिनमा बसेका दानवहादुर कार्की भन्छन्,‘ यहाँ संक्रमण फैलाउन राखिएको होकी कोरानाको संक्रमण रोक्न बुझ्न कठिन छ।’
संक्रमित देखिएको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य परिक्षण हुन सकेको छैन। क्वारेन्टिनमा राखेकाहरुलाई अमानवीय व्यवहार भएकाले आन्दोलन चेतावनी उनीहरुको छ। रोल्पा जिल्लाबाट जुम्ला पुगेका उनले क्वारेन्टिनमा झन असुरक्षित भइरहेको बताए। उनले भने,‘बाहिर गफमा सबै सुविधा छ। तर भित्र खोक्रो छ । क्वारेन्टिनमा कुनै पनि कुरा मापदण्ड अनुसारको सेवा छैन।’
क्वारेन्टिनमा भइरहेको अमानवियताको छानविन नभए स्थानीय प्रशासन घेराउ गर्न तयार हुने उनी बताउँछन। १९ जना कोरोना संक्रमित देखिएकोले प्राविधिक शिक्षालयबाट २ दिनपछि मात्रै संक्रमितलाई अन्यन्त्र ठाउँमा सारिएको भन्दै आफुहरु असुरक्षित भएको क्वारेन्टिनमा बसेकाहरु बताउँछन्। संक्रमितलाई तत्काल आइसोलेसनमा राख्नु पर्नेमा त्यसो नगरी दुई दिनसम्म संक्रमितलाई क्वारेन्टाइनमा राखिएको हुनाले अरुले असुरक्षितको महसुस गरेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठा जुम्लाका रजिष्ट्रार विश्वराज काँफ्लेका अनुसार क्वारेन्टिनमा रहेकाहरुको स्वाब संकलन गर्ने बेला नभएको बताए। समय पुगेपछि स्वाब संकलन गरेर परिक्षण गर्ने तयारी भइरहेको जनाए। एकीकृत क्वारेन्टिनमा १ सय ४६ जना छन्।
क्वारेन्टाइनमा बसेका २५ जनाको मात्रै हालसम्म स्वाब परिक्षण भएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमूख जिल्ला अधिकारी ओमप्रकाश देवकोटा खाना र बस्नको राम्रो प्रबन्ध गर्न निर्देशन गरिएको बताउँछन। उनले भने,‘खानपानको व्यवस्था स्थानीय तहलाई दिइएको छ । क्वारेन्टिनमा भोकभोकै बस्ने गरेको, समयमै खाजा नास्ता नपाएको, औषधि उपचारको प्रबन्ध नभएको र क्वरोन्टिनमा बसेकालाइ हेपाह दृष्टिकोणले हेर्ने गरेको दुखेसो उनीहरुको छ। क्वारेन्टिनमा खटिएका स्वास्थ्यकमी स्थानीय सरकारले व्यवस्थापन गर्न नसकेको बताउँछन। उनीहरु क्वारेन्टिनमा बसेकालाई त हेर्ने नजर फरक छ। त्यो भन्दा पनि अपहेलना स्वास्थ्यकर्मीले खेपिरहेको बताएका छन्।



लोकपाटी न्यूज

